उदयपुरमा स्कारपियो दुर्घटना

मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार मदन भण्डारी लोकमार्ग हुँदै पश्चिमबाट पूर्व जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कारपियो आज बिहीबार दुर्घटनामा परेको हो।

दोङका अनुसार दुर्घटनामा घाइते भएका झापा दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याउनासाथ अस्पतालले मृत घोषणा गरेको थियो।

यसैगरी, चालक झापाको दमक नगरपालिका–९ का ३८ वर्षीय देवेन्द्र तामाङ, वडा नम्बर १० का ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी, वडा नम्बर १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, वडा नम्बर ६ का ५४ वर्षीय कमल श्रेष्ठ, वडा नम्बर २ का ३८ वर्षीय नवीन खतिवडा र झापाकै गौरादह नगरपालिका–१ का ५४ वर्षीय भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको डिएसपी दोङले जानकारी दिए।

उनका अनुसार स्कारपियो चितवनबाट मकवानपुर हुँदै झापातर्फ जाँदै थियो।

स्कारपियो आफैँ अनियन्त्रित भई सडकको साइडमा लगाएको फलामको ट्रस्ट बेरियरमा ठक्कर खाई दुर्घटनामा परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *