सावारी साधनमा न्यून कर लगाउने

कार उत्पादक कम्पनीमाथिको कर वृद्धिमा नरमपन ल्याउने अमेरिकी निर्णयलाई मेक्सिकोले स्वागत गरेको छ ।

यो व्यापार युद्ध रोक्ने प्रयासमा एक सकारात्मक कदम हुनसक्ने मेक्सिकोले जनाएको छ ।

“यो प्रगति हो,” ट्रम्पको आयात शुल्कको बिषयमा बढी चर्चामा आएकी शिनबामले आफ्नो बिहानको पत्रकार सम्मेलनमा भन्नुभयो ।

“नयाँ नियमले मेक्सिकोलाई संयुक्त राज्य अमेरिका र क्यानडासँगको स्वतन्त्र व्यापार सम्झौताका कारण ‘अतिरिक्त प्रतिस्पर्धात्मक लाभ’ प्रदान गर्नेछ,” उनले भने ।

ट्रम्पले मंगलबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सवारी साधन, स्टिल र आल्मुनियममा लगाएको करको प्रभावलाई आंशिकरूपमा सीमित गरे ।

शेनबामका अनुसार केही पार्टपुर्जाहरू संयुक्त राज्य अमेरिकामा मात्र नभई मेक्सिको वा क्यानाडामा उत्पादन गरिएको छ भने सवारी साधनको शुल्क कम हुनेछ।

“यो धेरै महत्त्वपूर्ण छ किनभने यसले फेरि एक पटक संयुक्त राज्य अमेरिका–मेक्सिको–क्यानाडा व्यापार सम्झौताको मूल्यलाई मान्यता दिन्छ,” उनले भने ।

निर्माताहरूका अनुसार सवारी साधनका पाटप्रर्जाहरूले ‘एसेम्बली’ प्रक्रियाको क्रममा धेरै पटक अमेरिका–मेक्सिको सीमा पार गर्छन्।

सिद्धान्ततः मेक्सिकोलाई उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताद्वारा अमेरिकी करहरूबाट जोगाउनु पर्दछ जुन ट्रम्पको पहिलो कार्यकालको दौडान पुनः वार्ता गरिएको थियो ।

ट्रम्पले मेक्सिकोलाई ‘पारस्परिक कर’ को सामना गर्ने राष्ट्रहरूको सूचीबाट हटाइए पनि यसका कार निर्माताहरूका साथै स्टिल र आल्मुनियम निर्यातकर्ताहरूले अझै पनि करको सामना गरिरहेका छन्।

सन् २०२३ मा मेक्सिकोले चीनलाई पछि पार्दै संयुक्त राज्य अमेरिकासँग सबैभन्दा ठूलो व्यापारिक साझेदारको रूपमा काम गरेको थियो, यसले आफ्नो निर्यातको ८० प्रतिशतभन्दा बढी खरिद गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *