Skip to content
जुम्लाको विकट गाउँहरूमा करोडौं खर्चेर सडक त पु¥याइयो, तर गाडी गुड्न सकेका छैनन्।
तातोपानी गाउँपालिका–८ स्थित थलाले गाउँमा सडक पुगेको दुई महिना बितिसक्दा पनि गाडी नपुगेको हो।
भौगोलिक कठिनाइ, वातावरणीय प्रभाव मूल्यांकन (IE, EIA) नगरी डोजर प्रयोग गरेर सडक खनिएपछि ठाउँठाउँमा पहिरो झरेको छ।
तातोपानी, हिमा, कनकासुन्दरी, पातारासी र सिंजा गाउँपालिकाका अधिकांश सडकहरू प्रयोगविहीन छन्। खोलामा मोटरेबल पुल नहुँदा गाडी जान नसकेको हो।
पहिरोले घर भत्किएर सयौं परिवार विस्थापित भएका छन् भने विद्युतगृह र विद्यालय जस्ता पूर्वाधार पनि बगाएका छन्।
स्थानीय सरकारहरूले सडक निर्माणलाई प्राथमिकता दिए पनि वातावरणीय सुरक्षा र दीगो पूर्वाधार निर्माणमा बेवास्ता गर्दा जनधनको क्षति भइरहेको छ।
विज्ञहरूका अनुसार अव्यवस्थित सडक विकास नै पहिरोको प्रमुख कारण हो।
Post Views: 339