कायीको अन्तर्राष्ट्रिय टेस्ट ड्राइभ

चिनियाँ गाडी निर्माता कम्पनी कायीले चीनको यिबिन शहरमा आयोजित एक विशेष कार्यक्रममार्फत ४२ देशका प्रतिनिधिहरूलाई नयाँ मोडलहरूको टेस्ट ड्राइभ गराएको छ।

यस कार्यक्रममा नेपालसहित विभिन्न देशका गाडी विक्रेताहरू र सञ्चारकर्मीहरू सहभागी थिए।

नेपालबाट ८ जना प्रतिनिधिहरूले कायीका चार मोडल—इ-क्युट ४, थ्री एक्स प्रो, एक्स सेभेन हाइब्रिड, र एक्स सेभेन फोर ह्वील—को परीक्षण गरेका थिए।

कम्पनीका अनुसार, यस्तो अन्तर्राष्ट्रिय टेस्ट ड्राइभले बजार विस्तारमा सहयोग पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *