पोखरा विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार अध्ययन गर्न सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ।

उपसमिति संयोजक राजेन्द्र लिङ्देनले आज सोमबार समिति सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन बुझाउँदै लिङ्देनले १४ अर्बको लागत बढाएर २२ अर्ब पुर्‍याएको र अन्य भ्रष्टाचार भएको बताए।

प्रतिवेदनले क्यानका महानिर्देशक प्रदीप अधिकारी तथा पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेलसहितका अन्य व्यक्तिमाथि छानबिन गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्नुपर्ने ठहर गरेको छ।

तर, प्रतिवेदनमा अध्ययन नपुगेको भन्दै एमालेका गोकुल बाँस्कोटा र तारा लामा तामाङले फरक मत राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *