शाङ्ग्रिला मोटर्स प्रा. लि., जुन नेपालमा लिपमोटर गाडीको एकमात्र आधिकारिक आयातकर्ता हो, अब चाँडै नै लिपमोटर B10 को सार्वजनिक गर्ने भएको छ।
नेपालमा हुन लागेको NAIMA मोबिलिटी शो मा आउने, B10 गाडीले हालै Auto Shanghai 2025 मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गरेको थियो र अब यो गाडी नेपालमा पनि आउने पुष्टि भएको छ।
लिपमोटरको नयाँ ३.५ आर्किटेक्चरमा आधारित B10 गाडी विशेषगरी टेक्नोलोजीप्रेमी र वातावरणप्रेमी ग्राहकलाई ध्यानमा राखेर बनाइएको हो।
यसमा उच्च प्रविधि, उत्कृष्ट प्रदर्शन र दिगो ऊर्जा प्रयोगको संयोजन पाइनेछ। गाडीको पूर्ण विवरण भने मोबिलिटी शोमा सार्वजनिक गरिनेछ।
शाङ्ग्रिला मोटर्स प्रा. लि., जसले सन् २०१७ देखि प्युझोट र सन् २०२१ देखि सिट्रोन गाडीको नेपालमा आधिकारिक रूपमा आयात गर्दै आएको छ, अहिले C10 र लिपमोटर T03 समेत ल्याइसकेको छ।
कम्पनीले नेपालमा भविष्यको इलेक्ट्रिक मोबिलिटीलाई अघि बढाउन नविन र दिगो समाधानहरू ल्याउने प्रतिबद्धता जनाएको छ।