इलेक्ट्रिक स्कुटरहरु प्रति आकर्षित

नेपालमा इलेक्ट्रिक सवारी साधनको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ । वातावरणमैत्री र लागत बचतको कारणले गर्दा धेरैजसो मानिसहरूले पेट्रोलबाट चल्ने स्कुटर छोडेर इलेक्ट्रिक स्कुटर प्रति आकर्षित भइरहेका छन् ।

तर, यस बृद्धिसँगै एक गम्भीर चुनौती पनि आएको छ—आर एन्ड डी (अनुसन्धान र विकास) नभएका स्कुटरहरूको बजारमा बढ्दो उपस्थिति ।

आर एन्ड डी के हो र किन आवश्यक छ ?
आर एन्ड डी भनेको अनुसन्धान र विकास हो, जसको माध्यमबाट कुनै पनि कम्पनीले आफ्‌नो उत्पादनको गुणस्तर सुधार गर्ने र नयाँ प्रविधि प्रयोग गर्ने प्रयास गर्छ ।

इलेक्ट्रिक स्कुटर जस्तो प्रविधिमा आर एन्ड डीले ठूलो भूमिका खेल्छ । यो ग्राहकको सुरक्षादेखि लिएर सवारी साधनको दिगोपन र कार्यक्षमता सुधारगर्न आवश्यक छ ।

आर एन्ड डी भएका स्कुटरहरूमा ग्राहकको आवश्यकता अनुसार डिजाइन, उन्नत मोटर प्रणाली, ब्याट्रीको आयु, तथा विभिन्न सुरक्षा सावधानीमा ध्यान दिइएको हुन्छ । यस्ता स्कुटरहरू चलाउन सुरक्षित र भरपर्दो हुन्छन् ।

आर एन्ड डी नभएका स्कुटरका समस्या
नेपालमा केहीआयातकर्ताहरूले आर एन्ड डी नभएका स्कुटरहरू चीन र भारतबाट सस्तो मूल्यमा ल्याएर बिक्री गर्दै आएका छन् । भारतका केही कम्पनीहरूले चीनबाट सस्तोमा पाट्र्स ल्याएर भारतमा असेंबल गर्ने र मेड इन इन्डिया लेखेर नेपालमा बेच्ने गरेका पनि छन् ।

नेपाल मै पनि कतिपय एसेम्बल गर्ने कम्पनी समेत खुलिसकेका छन् । इलेक्ट्रिक स्कुटर एसेम्बल गर्ने कुनै पनि कम्पनीको नेपालमा आर एण्ड डि विभाग नै छैन ।

विभिन्न अलगअलग भेन्डरबाट अलगअलग सामान ल्याएर जुगाडमा जोड जाड गरेर स्कुटर तयार गर्ने चलन छ ।
यस्ता स्कुटरले प्रारम्भिक समयमा काम गरे पनि दीर्घकालीन प्रयोगका लागि उपयुक्त हुँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *