टेस्लाको नाफा घट्दा मस्कको निर्णय

टेस्ला कम्पनीका प्रमुख इलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने निर्णय गरेका छन्।

२०२५ को पहिलो त्रैमासमा टेस्लाको आम्दानी र मुनाफा उल्लेखनीय रूपमा घटेपछि उनले यस्तो निर्णय लिएका हुन्।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार गाडी बिक्रीको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले घटेको छ, र मुनाफा ७० प्रतिशतभन्दा बढीले घटेको छ।

पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी १९.३ अर्ब डलर रहेको छ, जुन विश्लेषकहरूले अनुमान गरेको २१.१ अर्ब डलरभन्दा कम हो।​

मस्कले ट्रम्पको निर्वाचन अभियानका लागि एक अर्ब डलरभन्दा बढी सहयोग गरेका थिए र अहिले ट्रम्प प्रशासनको सरकारी खर्च घटाउने र कर्मचारी संख्या कम गर्ने ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डोज) को नेतृत्वमा छन्।

उनले मे महिनाबाट डोजलाई हप्तामा एकदेखि दुई दिन मात्र समय दिने बताएका छन्।​

ट्रम्पले चीनमाथि लगाएको भन्सारले पनि टेस्लामाथि नकारात्मक असर पारेको छ, जसले कम्पनीको आपूर्ति श्रृंखलामा असर पुर्‍याउँदै लागत बढाउने खतरा बढाएको छ।​

मस्कले टेस्लाको भविष्यमा एआईले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्, तर विगतमा लगानीकर्ताहरू यसप्रति खासै विश्वस्त देखिएका थिएनन्। यो वर्षमात्र टेस्लाको सेयर मूल्य ३७ प्रतिशतले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *