ओमोडाको ‘ओ-ल्याब’ले प्रविधि र कलाको संगमसहित, सन् २०५० को फ्युचरिस्टिक सहर कस्तो हुनेछ भन्ने अनुभव दिनेछ।
‘ओ-युनिभर्स’को सार्वजनिकिकरण समारोहमा उपस्थित हुनेहरूले ग्यालेक्सिहरूको (आकाशगङ्गाहरूको) झझल्को दिने अत्याधुनिक ‘एलइडि स्क्रिन’का भित्ताहरूमा ओमोडाको नवीनतम प्रविधिहरू प्रस्तुत गरिनेछन्।
सहभागीहरूले रोबोट, रोबोटिक कुकुर, ड्रोन, र अन्तर्क्रियात्मक क्रियाकलापहरूसहित पूर्ण रूपमा प्रविधियुक्त संसारको अनुभव लिन सक्नेछन्।
यसै अनुभव अन्तर्गत ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सि-सेभेन एसएचएस’ र पहिलो पूर्ण-रूपमा विद्युतीय गाडी ओमोडा ‘इ-फाइभ’को पनि प्रदर्शनी हुनेछ।
यसका साथै, ‘सि-थ्रि साइबर मेका आर्ट ग्यालरी’ले परम्परागत प्रविधिका सीमाहरूलाई तोड्दै यसको ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’ सहित एक ‘सररियल’ एवम् कलात्मक अनुभव सिर्जना गर्नेछ।
यसले ‘जेनेरेसन जेड’हरूमा ‘मेका’बाट प्रेतित ‘मोबिलिटि’ र ‘डिजाइन’को नयाँ कल्पनाहरू प्रेरित गर्नेछ।
क्याम्पिङ अनुभवलाई बदल्ने – जेइको ‘जे-ल्यान्ड’ को डेब्यु
ओमोडाको प्रविधि अनावरण हुँदै गर्दा जेइकोको ‘जे-ल्यान्ड’ प्रदर्शनीमा एक हरियालीपूर्ण वातावरणको झल्को दिनेछ।
यही क्रममा पूर्ण-विद्युतीय लाइट-आउटडोर-एसयुभी ‘जे-फाइभ बिइभि’ को प्रदर्शन हुनेछ।
साथै जेइकोको नवीनतम ‘एसएचएस हाइब्रिड’ प्रविधि बाट सुसज्जित ‘जे-सेभेन एसएचएस’, र ‘जे-एट एसएचएस’ मोडलको पनि प्रदर्शन हुनेछ।
यी अत्याधुनिक अफ-रोड गाडीहरूको लाइनअप आकर्षक अफ-रोड ‘रक्की प्लाटफर्म’मा प्रदर्शन गरिनेछ।
यसले ती गाडीहरूको कठीन भू-भागमा पनि चल्न तयार क्षमताको प्रदर्शन गर्दै सहभागीहरूलाई पनि नयाँ भू-भागहरूमा घुम्न उत्प्रेरित र उत्साहित गर्दछ।
प्रदर्शनीमा, जङ्गलमा क्याम्पिङ गर्दाको अनुभव र वातावरणलाई हुबहु उतार्नको लागि हरियाली घाँस, घना वनजङ्गल, र डाँडाकाँडा, चट्टानजस्ता विशेषताहरू प्रयोग गरिएको छ।
‘इको-सो’(प्रदर्शनी)कै क्रममा सहभागीहरूले जे-फाइभ बिइभिको नयाँ “लाइट क्याम्पिङ” टेस्ट ड्राइभको अनुभव लिन सक्नेछन्।
यो नौलो अनुभवले १० देशका अन्तर्राष्ट्रिय सञ्चार प्रतिनिधिहरूलाई सहरी क्षेत्रबाट विभिन्न चुनौतीपूर्ण भू-भागहरू पार गर्दै जङ्गलतर्फको यात्रामा लैजानेछ।
यसले गाडीको टेस्ट ड्राइभमात्र नभई आउटडोर लाइफस्टाइल तथा जीवनशैलीको नयाँ दृष्टिकोण प्रदान गर्नेछ।
यही अप्रिल २५ मा ओमोडा एन्ड जेइकोको ‘इको-सो’ सुरु हुँदैछ।
यो “फ्युचर फेसन × डेलिकेट अफ-रोड”को नयाँ अनुभवको मज्जा लिँदै ओमोडा एन्ड जेइकोले भविष्यको जीवनशैली कसरी पुन:परिभाषित गर्दैछ भन्ने कुरा प्रत्यक्ष अवलोक गर्न आह्वान गरिन्छ।