दाउन्नेमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध

सुख्खा पहिरोका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुख्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका पूर्वी नवलपरासी  सूचना अधिकारी  डिएसपी मधु नेपालले सुख्खा पहिरो गर्दा अवरुद्ध भएको सडक खुलाउनको लागि अहिले दुई वटा  डोजर प्रयोग भइरहेको बताए।

सडक अवरुद्ध भएसँगै मंगलबार दिउँसो दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन् ।

दाउन्ने क्षेत्रमा कालोपत्रे सडक खनेर विस्तार गर्ने कार्य भइरहेको थियो । त्यसैमाथि आज सुख्खा पहिरो खसेको हो ।

दाउन्ने खण्डमा हाल सडक विस्तारका लागि दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *