पाल्पामा जिप दुर्घटना

पाल्पाको बगनासकाली गाउँपालिका–४, खानीछापको मलेङ् बेलडाँडामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गएराति लु १ ज १७२४ नम्बरको जिप तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाप जाने क्रममा दुर्घटना भएको र कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य  ५ जना घाइते भएका छन् ।  घाइतेलाई उपचारका लागि तानसेनस्थित अस्पतालमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *