एस एम एल इसुजुले नेमालका लागि एक मात्र आधिकारिक बिक्रेताको रूपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ।
जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एस एम एल इसुजु ले बस तथा ट्रकहरू निर्माण गर्दै आएको छ।
नेपाली भू–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एस एम एल इसुजुका सवारी साधनहरू विगत लामो समयदेखि लोकप्रिय रहँदै आएका छन्।
एस एम एल इसुजुको आधिकारिक बिक्रेता भए सँगै लक्ष्मी कमर्सियल भेहिकल्सले आक्रामक बजार विस्तार तथा सुदृढीकरणका लागि सदैव तत्पर रहने जनाएको छ।
लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले विगत सात वर्षदेखि एस एम एल इसुजुका सवारी साधन बिक्री गर्दै आएको तथा हाल नेपालमा सातै प्रदेशमा सेल्स तथा सर्भिस सञ्जाल रहेको र आगामी दिनमा अझै विस्तार गर्दै लैजाने यस कम्पनीका सेल्स हेड श्री सञ्जय खड्का ज्युले बताउनु भयो।
खड्का का अनुसार लक्ष्मी कमर्सियल भेहिकल्सले ग्राहकको सहजताको लागि देशैभर स्पेयर पार्ट्सको उपलब्धता सुनिश्चित गरिने प्रतिबद्धता जनाउनु भयो।
“यस ब्राण्ड प्रति हामीले देखाएको समर्पण, प्रतिबद्धता र मेहनतलाई मध्यनजर गर्दै एस एम एल इसुजुले एक मात्र आधिकारिक वितरकको जिम्मेवारी दिएको हो।
कम्पनीको यस निर्णयबाट हामी अत्यन्त खुसी र उत्साहित रहेका छौं,” खड्काले बताउनु भयो।
एस एम एल इसुजुको नेपाली बजारमा लाइट तथा मिडियम ट्रक, टिप्पर, साथै स्कुल बस र स्टाफ बस अन्तर्गत विभिन्न क्षमताका बस र ट्रकहरू उपलब्ध छन्।
स्कुल बस सेग्मेन्टमा यस ब्राण्डले विगत लामो समयदेखि बजारको अग्रणी स्थानमा रहेको पनि जानकारी गराएको छ।