हुम्लाको बोक्चे गौडा सडकखण्ड ४ दिन खुल्ने

कर्णाली करिडोर हुम्लाको बोक्चे गौडा,भिई गौडा, याङचु खण्डको सडक चार दिन खुल्ने भएको छ ।

जिल्ला विपद व्यवस्था समिति हुम्लाले निर्माणिधन बोक्चे गौडा,भिइ गौडा,याङचु खण्डको सडक वैशाख १० देखि १३ गतेसम्म खुल्ने भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीका अनुसार दैनिक उपभोग्य वस्तु, विकास निर्माण सामाग्री ढुवानी हुने भएपछि ४ दिनको लागि यातायात सुचारू हुनेछ ।

कर्णाली करिडोर सडक निर्माण दल नेपाली सेनाले चैत २५ गतेदेखि निर्माणको काम अघि बढाएको प्रजिअ पाण्डेयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *