इनड्राइभको नयाँ यात्रा मोडेल

विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो विशेष मोडेलमार्फत गतिशीलताको धारणा नै फेरिदिएको छ।

इनड्राइभ ‘आफ्नो यात्राको भाडा आफैं तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्’ मोडेलमा अग्रणी सेवाप्रदायक हो।

यस ग्राहकमैत्री मोडेलले यात्रुहरूलाई आफूले चाहेको यात्राको मूल्य प्रस्ताव गर्ने, उपलब्ध चालकहरू मध्यबाट छनोट गर्ने र सवारी साधनको प्रकार चयन गर्ने स्वतन्त्रता दिन्छ।

यो सेवा परम्परागत सवारी साधन बुकिङ प्लेटफर्महरू भन्दा पूर्ण रूपमा भिन्न छ, जहाँ मूल्य निर्धारण स्वचालित एआई मोडेल र एल्गोरिदमहरूद्वारा तय हुन्छ।

इनड्राइभले यात्रु र चालक दुवैलाई पारदर्शी र निष्पक्ष सहमतिको आधारमा यात्राको भाडा तय गर्ने अवसर प्रदान गरेर नेपाली बजारमा नयाँ मानक स्थापित गरेको छ।

कम्पनीले आफ्नो द्रूत सफलता र लोकप्रियताको मुख्य श्रेय यसको अद्वितीय र प्रयोगकर्तामैत्री मोडेललाई दिन्छ, जसले अन्य पारंपरिक मोडेलहरूको तुलनामा अझ बढी ग्राहक सन्तुष्टि सुनिश्चित गर्दै आएको छ।

इनड्राइभका एपीएसीका कम्युनिकेसन लिड—पवित्र नन्द आनन्दका भनिन्, “हामीले सन् २०२२ मा नेपालमा ‘आफ्नो भाडा आफैं तय गर्नुहोस् र आफ्नो चालक छान्नुहोस्’ भन्ने मोडेलका साथ इनड्राइभको सेवा सुरु गरेका थियौं।

नेपाली बजारमा यस्तो सुविधा ल्याउने पहिलो राइड–हेलिङ प्लेटफर्म इनड्राइभ नै हो।

यो मोडेलले यात्रुलाई आफैंले आफ्नो यात्राको भाडा प्रस्ताव गर्न र उपलब्ध चालकहरूमध्य मूल्याङ्कन, सवारी साधनको प्रकार, पिकअप समय तथा दूरीजस्ता पक्षहरूको आधारमा उपयुक्त चालक छनोट गर्ने स्वतन्त्रता दिन्छ।

नेपाली उपभोक्ताहरूले यस सुविधालाई अत्यन्तै रुचाएका छन्, किनभने यसले उचित भाडा दर र अनुकूल यात्रा अनुभवको विकल्प प्रदान गर्दछ।”

इनड्राइभ निष्पक्ष र पारदर्शी मूल्य निर्धारण मोडेलमा अग्रणी कम्पनी हो, र यही विशेषताले यसलाई विश्वव्यापी रूपमा लोकप्रिय एपहरूमध्य एक बनाएको छ।

इनड्राइभ अहिले विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड गरिएको राइड हेलिङ एप बन्न सफल भएको छ — र लगातार तीन वर्षसम्म यो उपलब्धि कायम राख्न सफल भएको छ।

सेन्सर टावर, अग्रणी मार्केट इन्टेलिजेन्स फर्मका अनुसार इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा नेपालमा १ स्थान हासिल गरेको छ, जसले नेपाली बजारमा यसको बलियो उपस्थिति र बढ्दो लोकप्रियतालाई अझ सुदृढ बनाएको छ।

त्यसैगरी, यो एप ट्राभल श्रेणीमा विश्वव्यापी रूपमा पाँचौं स्थानमा पर्ने सबैभन्दा बढी डाउनलोड भएको एप हो।

मात्र डिसेम्बर २०२४ मा इनड्राइभ एप ६१ लाखभन्दा बढी पटक डाउनलोड गरिएको तथ्याङ्कले यसको अन्तर्राष्ट्रिय सफलतालाई प्रष्ट पार्छ।

‘इनड्राइभ निष्पक्षता र पारदर्शिताको सिद्धान्तमा आधारित प्लेटफर्म हो, जसले यात्रु र चालक दुवैको हितलाई समानरूपमा ध्यानमा राख्दै एक सन्तुलित र आत्मनिर्भर इकोसिस्टम निर्माण गरेको छ।

यहाँ यात्रु र चालकले एक आपसमा संवाद गर्दै मूल्य निर्धारण गर्ने सुविधा पाउँछन्, जुन उनीहरूको आवश्यकता र सुविधाअनुसार स्वतन्त्र रूपमा तय गर्न सकिन्छ।

त्यसैले इनड्राइभमा प्रत्येक सवारी केवल गन्तव्यसम्मको यात्रा मात्र होइन, आपसी समझदारी र सन्तुष्टिको अनुभव पनि हो।

यही कारणले हाम्रा यात्रुहरू र चालक साथीहरू दुबैजनाले इनड्राइभलाई विश्वास गर्छन, माया गर्छन् र प्रत्येक यात्रा खुशीको बनाउँछन्,’ उनले थपिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *