३४ वर्षीय थुलबाबु थिङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई नियन्त्रणमा लिई हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ भुइपुलस्थित सडकमा प्र.२–०३– ००१ ख ०६०७ नम्बरको टिपर र बा.०१–०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठक्कर खाई शुक्रवार दिउँसो दुर्घटना हुँदा कार चालक सर्लाही घर भएका ५० वर्षीय जित
नारायाणप्रसाद साह र कारमा सवार सर्लाही बरहथवा नगरपालिका–१५ हजरिया बस्ने ४६ वर्षीय नारायण हरि शर्माको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रसूति अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।