दाउन्ने सडक मनसुन अगावै सक्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडकको आकस्मिक रुपमा स्थलगत निरीक्षण गरेका छन्।

विस्तारको क्रममा रहेको सो सडक खण्डको निरीक्षणका क्रममा दाहाल सहितको टोलीले दाउन्ने क्षेत्रमा भई रहेको निर्माण कार्य बारे समेत जानकारी लिएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने क्षेत्रको जटिल भुधरातलका कारण सवारी साधनहरु केहि समय बन्द गराएर विस्तारको काम भई रहेको छ।

सवारी आवागमन रोकेर काम गर्दा यात्रुहरुले सास्ती खेप्नु परेको गुनासो समेत आउने गरेको छ । तर सके सम्म कम समस्या हुने गरि समय व्यवस्थापन गरेर निर्माणको काम भई रहेको आयोजनाले जनाएको छ।

एशियाली विकास बैंकको ऋण सहयोगमा विस्तार भई रहेको सडकको सो खण्डलाई प्राथमिकताका साथ निर्माणको काम अघि बढाईएको आयोजनाको भनाई छ।

दाउन्ने क्षेत्रको निरीक्षणका क्रममा मन्त्री दाहालले सवारी साधन तथा यात्रुलाई सके सम्म कम समस्या हुने गरि निर्माणलाई गति दिन निर्देशन दिएका छन्।

झरी पर्ने शुरु हुन लागेकाले त्यस तर्फ ध्यान दिँदै उनले वर्षायाम अघिनै निर्माण कार्य सकेर सवारी आवागमन सहज बनाउन उहाँको निर्देशन छ।

सडक विस्तार तथा निर्माणको कार्य गरि रहेको एडीबी आयोजनाले सो जटिल सडक खण्डलाई परम्परागत भन्दा फरक शैलीबाट द्रुत र दिगो बनाउने गरि काम भई रहेको जनाएको छ।

आयोजना निर्देशक चुडाराज ढकालले सो स्थानमा धरातलीय विशिष्टता र जटिलताका कारण कालोपत्रे भन्दा ढलान प्रविधि उपयुक्त हुने बतएका छन्।

सोहि कारण त्यस खण्डमा जतिसक्दो छिटो सडक ढलान गरि सवारी आवागमन सहज बनाउने प्रयास भई रहेको उनले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *