निर्देशक बाराहीले भत्काए फेरि निर्माण थालिएको वाल निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
‘करिब ४० मिटरमा राखिएको आरई वालको प्यानलमा सुधार गर्नुपर्ने देखियो,’ उनले भने, ‘बीचमा ग्याप भएको र त्यति मात्र सुधार गर्न नमिल्ने भएपछि पूरै भाग निकालेर काम गरिएको हो ।
प्यानल निकालेर अहिले पुनः जडान भइरहेको छ । अहिले अन्तिम चरणमा छ ।’
बाराहीका अनुसार प्यानल इन्टरलकिङ भएका कारण सातदोबाटोतर्फ ४० मिटर बिग्रिएको आरई वाल पूरै भत्काउनुपरेको थियो ।
यस भागको मात्र माटो निकालेर प्यान जडान गरिएको हो । यो काम सकिएपछि सडक पिच गरिन्छ ।
‘आरई वालको काम सकेर बेस र सब–बेस राखी कालोपत्रको काम थालिन्छ,’ उनले भने, ‘आरई वाल र पुल जोड्ने गरी ‘एप्रोच स्ल्याब’ राख्ने काम बाँकी छ ।
यी काम वैशाखतिरै सम्पन्न भई जेठमा सञ्चालनमा ल्याइन्छ । असारअघि बर्खा लाग्नुअघि सञ्चालनमा आउँछ ।’
कोटेश्वरतर्फ आरई वाल निर्माणको काम पहिल्यै सकिएको थियो । यसतर्फ छेउमा प्यारापिट वाल बनाइँदै छ ।
निर्माणको काम लगभग सकिसकेको छ । अब रेलिङ पेभमेन्ट, रङरोगन आदि काम बाँकी भएको जनाइएको छ ।
ओभरपासमा अहिलेसम्म निर्माण प्रगति ८२ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।
आवतजावतको संरचनासहित यो ५ सय ४० मिटर लामो बन्ने जनाइएको छ । यसको र्याम्प १०.२ मिटरसम्म अग्लो निर्माण गरिनेछ ।