हाईअर स्पिड र लक्जरी दुवै अपरिहार्य मानिने युरोपमा नेपालमा आउने चाईनिज इभी विरलै पाइन्छन् । जसमा स्काईवेलले भने बाजी मारेको छ । युरोपेली मूलुकहरुमा स्काईवेलले राम्रो सफलता हात पारेको छ ।
यो दावी गरिरहँदा यसलाई यथार्थमा पुष्टि गर्ने र ग्राहकलाई आफ्ना सवारी साधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरियन्स गराउने उदेश्यका साथ स्काईवेलको आयातकर्ता जि. मोटर्स प्रा. लि. ले यो विशेष योजना ल्याएको हो ।
‘स्काईवेल ड्राईभ-२०२५ नेपाल टु युरोप’ योजना अन्तर्गत स्काईवेलका जुनसुकै एसयुभी खरिदकर्ता कप्लसले युरोपमै गएर स्काईवेल ड्राईभको मौका प्राप्त गर्नेछन् ।
सन् २०२५ मोडेलको जुनसुकै भेरीयन्ट टेष्ट ड्राइभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्नुहुनेछ ।
यसका लागि आफूले स्काईवेल टेस्ट ड्राईभ गर्दाको अनुभव कुनै पनि सोसल मिडियामा शेयर गरि ह्यासट्याग टेस्टड्राईभ स्काईवेल (#TestDriveSkywell) ह्यासट्याग ‘स्काईवेल ड्राईभ नेपाल टु युरोप’ (#DriveSkywellNepalToEurope) लेखेपुग्छ ।
यसरी टेस्ट ड्राईभमा सहभागी हुने ग्राहक मध्ये २ जना विजेताले (१ महिला टेस्ट ड्राइभ र १ पुरुष टेस्ट ड्राईभ) समेत युरोप भ्रमणको अवसर र युरोपमै स्काईवेल ड्राईभको मौका प्राप्त गर्नुहुनेछ ।
स्काईवेलको ईटी ५ लङ् रेन्ज भेरियन्ट हो जसको विक्री मूल्य १ करोड १५ लाख रहेको छ भने स्काईलेलको विई ११-४१० किमी ७९ लाख ९० हजार र विई ११- ५२० किमी ८९ लाख ९० हजार पर्न जान्छ ।
स्काईवेलका यि दुवै मोडल फुल साईज एसयुभी हुन् । १९० एमएम ग्राउण्ड क्लियरेन्स रहेका अत्याधुनिक सुविधा र फिचरका साथमा आउने यि दुवै एसयुभीमा उपलब्ध लक्जिरीका कारण विजनेस क्लास एसयुभी पनि भनेर चिनिंदै आएको छ ।
स्काईवेलले भक्तपुरको राधेराधे र ईटहरीमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याईसकेको छ भने नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरमा विक्री कक्षहरु संचालन आइसकेका छन् ।