वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार

वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको छ ।

वायु प्रदूषणको तथ्यांक राख्ने आईक्यू एयरले जारी गरेको सूची अनुसार वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको देखाएको हो ।

आईक्यू एयरका अनुसार शुक्रबार साँझ काठमाडौंको एक्यूआई ७७ रहेको छ । साढे पाँच बजे सम्मको तथ्यांक अनुसार विश्वको प्रदूषित सहरमा २८ औँ नम्बरमा छ । यसलाई वायु गुणस्तरमा मध्यम मानिन्छ ।

बिहान काठमाडौँ विश्वकै सातौं प्रदूषित सहर थियो।

बुधबार परेको वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई वायु प्रदूषणबाट केही राहत मिलेको छ ।

विगत केही दिनदेखि विश्वकै प्रदूषित सहर बन्दै काठमाडौँमा बिहीबारदेखि वायु प्रदूषणको मात्रा केही कम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *