यात्रुवाहक बस रोशीमा दुर्घटना

काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका स्थित दाउन्नेमा दुर्घटना भएको छ ।

प्रदेश–३–०१ –००६–१३३९ नम्बरको यात्रुवाहक बस सडकबाट बाँसको झाङमा पल्टिएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले बताए ।

बस काठमाडौँबाट रामेछापको बाम्तीभण्डार जाँदै थियो । रोशी गाउँपालिका –९ स्थित दाउन्नेमा बस दुर्घटनामा हुँदा  ११ जना घाइते भएका छन् ।

घाइतेहरू मध्ये ८ जनालाई उद्धार गरेर भकुन्डेवेशी स्थित मेथिनकोट प्रादेशीक अस्पतालमा पठाइएको इन्स्पेक्टर गिरीले जानकारी दिए ।

सामान्य घाइतेहरूको मंगलटार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै छ ।

यात्रुवाहक बस ब्रेक फेल भएर विपरीत दिशातिरबाट आएको हाइससँग ठोक्किएपछि चिप्लिएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *