दाउन्नेमा यातायात बन्द गर्दा कहाँ रोकिने भए सवारी ?

नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड अब यातायात बन्द गरेरै निर्माण गरिने भएको छ ।

यसका लागि २७ देखि ३१ चैतसम्म दिनको ११ देखि ३ बजेसम्म र १ वैशाखदेखि १५ वैशाखसम्म राति ११ देखि बिहान ५ बजेसम्म यातायात रोक्ने निर्णय भएको छ ।

यसैबीच आयोजनाले यातायात बन्द हुने समयमा सवारीसाधन रोक्ने स्थान सार्वजनिक गरेको छ ।

नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक सवारीसाधन होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डसम्म रोक्न पाइने छ ।

मालवाहक सवारी भने चोरमारा–अरुणखोला खण्डमा रोक्न सकिने भएको छ ।

त्यस्तै बुटवलबाट नारायणघाटतर्फ जाने यात्रुवाहक सवारी भने चिसापानी–बर्दघाट खण्डमा रोक्न पाइने छ ।

मालवाहक सवारी भने ज्यामिरे–हकुई खण्डमा रोक्न सकिने आयोजनाले जनाएको छ ।

रोकिने सवारीसाधनले सवारी रोक्दा र चलाउँदा कडाइसाथ आफ्नो लेन अनुशासन कायम राख्न र ओभरटेक नगर्न समेत भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *