अटोमोटिभ एक्सिलेन्स: दीपक थापा सम्मानित

ह्याम्स मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक थापाले ‘बेष्ट अटोमोटिभ एक्सिलेन्स’ प्राप्त गर्नुभएको छ ।

कर्पोरेट म्यागजिनले उहाँलाई सो अवार्ड प्रदान गरेको हो ।

बिहीबार र्‍याडिसन होटेलमा आयोजित १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड’ समारोहमा उहाँलाई ‘बेष्ट अटोमोटिभ एक्सिलेन्स’ अवार्ड प्रदान गरिएको कर्पोरेट म्यागजिनका संस्थापक सम्पादक उज्वलजंग शाहले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रक्षामन्त्री मानवीर राई, अवार्ड छनोट समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्व अध्यक्ष भवानी राणा, कर्पोरेट मिडियाकी उपाध्यक्ष सुष्मा महरालगायतले उहाँलाई अवार्ड प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *