Riddara RD6 4WD: मनाङ पुग्ने पहिलो EV पिकअप

नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको छ – Riddara RD6 4WD ले NYEF Motor Rally अन्तर्गत मनाङ्ग पुग्ने पहिलो EV पिकअपको नाममा दर्ता गराएकाे छ।

NYEF Rally को आधिकारिक सवारी साझेदारीकाे रुपमा रिडारा ईलेक्ट्रिक पिकअप रहेकाे छ ।

काठमाडौँबाट मनांङ्ग जादा बेसिसहरमा एकपटक मात्र चार्ज गरेर मनाङ्गसम्मको कठिन यात्रा पूरा गर्नु रिडाराको उत्कृष्ट प्रविधि र क्षमताको प्रत्यक्ष प्रमाण हो ।

जसले नेपालको पहाडी भूभागमा पनि विद्युतीय सवारी सहज रुपमा संचालन गर्न सकिन्छ भन्ने देखाएको छ।

रिडारा RD6 4×4 ले ३,५१९ मिटरको उच्चता, साँघुरा घुम्तीहरू, पथरीला उकालाहरू र चिसो हावापानीले चुनौतीपूर्ण बनेको मनाङ्गका बाटाेमा आफ्नो क्षमताको उत्कृष्ट प्रमाण दिएको छ।

यस्तो उचाइमा इन्जिन पर्फर्मेन्समा असर पर्न सक्ने भए पनि, RD6 ले न त पावर गुमायो, न त सन्तुलन।

४२४ किमिको Range र ५९५ Nm Torque ले NYEF Rally को उकालो, अप्ठ्यारो र अफरोड बाटोहरूमा उत्कृष्ट प्रदर्शन गरेको देखियो।

विशेषगरी ९५% Gradebility का कारण सो मार्गका तीव्र उकालाहरू सहज पार गर्न सफल भयो।

साथै, २२५ मिमि Ground Clearance ले खाल्डाखुल्डी बाटाेहरूमा पनि सन्तुलित यात्रा सुनिश्चित गर्‍यो।

यस्ता कठिन परिस्थितिमा राम्रो प्रदर्शन गर्नसक्ने क्षमताले RD6 लाई केवल शहरी प्रयोगका लागि होइन, अत्यन्त चुनौतीपूर्ण यात्राका लागि पनि उत्तिकै भरपर्दो बनाएको छ।

रिडाराको यो सफलताले केवल एउटा सवारीको सीमामा सन्देश दिएको छैन, यसले नेपालको भविष्य विद्युतीय सवारीमा सुरक्षित, सक्षम र दिगो छ भन्ने प्रमाण प्रस्तुत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *