जोनसेन बाइकको ‘अफ-रोड’ अफर

जोनसेन बाइकको नेपालका लागि आधिकारिक वितरक स्यामुकापु ट्रेडिङले नयाँ वर्ष २०८२ लाई लक्षित गरी ‘अफ-रोड’ अफर ल्याएको छ ।

कम्पनीले अफरोड मोटरसाइकल रुचाउने राइडरलाई लक्षित गरी १० हजार रुपैयाँ नगद र ५ हजार रुपैयाँ टेष्ट ड्राइभ गरे बापत छुट दिने अफर ल्याएको हो ।

कम्पनीले हाल २१६ .६ सीसी, १४९.४ सीसी, ११९.६ सीसी, १६६.४ सीसी, १९८.८ सीसी, २३० सीसी र २५० सीसी इन्जिनका बिभिन्न मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ ।

यी बाइकमा २ वर्ष वा ३० हजार किलोमिटरसम्मको वारेन्टि दिइएको छ ।

नेपाली बजारमा जोनसेन नयाँ ब्रान्ड हो ।

सन् १९९६ देखी मोटरसाइकल उत्पादन गर्दै आएको जोनसेन चीनको उत्कृष्ट ५०० इन्टरप्राइजेज तथा ३० अटोमोबाइल कम्पनीमा सामेल रहेको जनाइएको छ ।

जोनसेनले विश्वका ८० भन्दा बढी राष्ट्रमा वार्षिक ३ लाख बढी मोटरसाइकल निर्यात गर्दै आएको छ ।

इलेक्ट्रिक टु ह्विलर समेत बिक्री गर्नेे जोनसेनले ७० लाखभन्दा बढी कम्पोनेन्ट उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *