हुन्डाईमा ६ लाख सम्मको छुट अफर

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष २०८२ को अवसरमा ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको छ ।

सो अफरबाट विशेषगरी इलेक्ट्रिक सवारी साधन (ईभी) का साथै आईसीई सवारी साधन समेत चाहने ग्राहकले लाभ लिनसक्ने छन् ।

नयाँ अफरअन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म छुट, एक वर्षको निःशुल्क बीमा, चालु आर्थिक वर्षको सडक कर छुट, स्वामित्व हस्तान्तरण र अन–द–स्पट भेइकल भ्यालुएसन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालमा हुन्डाईले हालै क्रेटा ईभी बिक्रीका लागि उपलब्ध गराएको छ ।

त्यसैगरी आयोनिक ५ र कोना ईभी समेत उपलब्ध छन् । यी वाहेक आईसीईमा पनि क्रेटा, भेन्यु, ग्रान्ड आई१०, एक्सटर, टुसान र सान्ता फे लगायतका मोडल उपलब्ध छन् ।

हुन्डाईका ईभी गाडीहरू ८ वर्षको हाइ–भोल्टेज ब्याट्री वारेन्टी र दुई वर्षको कम्पोनेन्ट वारेन्टी सहित आउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *