२० थान एफ–१६ फाइटर जेट बेच्दैछ अमेरिका

अमेरिकाले फिलिपिन्सलाई २० थान एफ–१६ फाइटर जेट बेच्ने भएको छ । विमान बिक्रीलाई अमेरिकाले मन्जुरी दिएको छ ।

अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले चीनको आक्रामकताको जवाफ दिने कसम खाएको केही दिनमै यो खबर बाहिर आएको हो ।

अमेरिकाको रक्षा सुरक्षा सहकार्य एजेन्सी (डीएससीए)ले एफ १६ को प्रस्तावित बिक्रीको घोषणा गरेको छ ।

फिलिपिन्सले फाइटर जेट खरिदमा ५ अर्ब ५८ करोड डलर जति खर्च गर्ने अनुमान गरिएको एउटा विज्ञप्तिमा डीएससीएले लेखेको छ ।

प्रस्तावित बिक्रीले रणनीतिक साझेदारको सुरक्षा सुदृढ बनाउन मद्दत गरेर अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षालाई टेवा दिने विज्ञप्तिमा भनिएको छ ।

रक्षा मन्त्रीको रूपमा आफ्नो पहिलो एसिया भ्रमणका क्रममा हेग्सेथ केही दिनअघि मात्रै फिलिपिन्सको भ्रमणमा आएका थिए । बुधवार चीनले मनिलालाई यो सम्झौताबारे चेतावनी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *