बागलुङमा पिकअप दुर्घटना

बागलुङमा ग १ ज ६१०० नम्बरको पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

जिल्लाको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको पिकअप दुर्घटना हुँदा गलकोट– ११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जानकारी दिए ।

पिकअपमा चारजना सवार रहेको उनको भनाइ छ ।

गलकोट नगर अस्पतालमा घाइते तीन जनाको उपचार भइरहेको यादवले जानकारी दिए । चैतेदसैँ मेलाका लागि कोटमैदान जाँदै गर्दा पिकअप दुर्घटनामा परेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *