फेन्सी सामानसहित भन्सार छलीको गाडी नियन्त्रण

सशस्त्र प्रहरीले करिब ८ लाख ९९ हजार ८ सय ९० रुपैयाँ बराबरको अवैध सामानसहित बलेरो पिक गाडी नियन्त्रणमा लिएको छ ।

मंगलबार महोत्तरीको जलेश्वर नगरपालिका–३ मालिवाडाबाट गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

भारतबाट अवैध रुपले भन्सार छली बीआर ०६–जीजी ४७६५ नम्बरको गाडीमा राखी नेपालतर्फ ल्याउँदै गरेको ब्याग, टोपी, बेल्ट, चस्मा, घडीलगायत फेन्सी सामानको बिलबिजक नभेटिएपछि गाडी नियन्त्रणमा लिइएकाे उनले जानकारी दिए ।

गाडीलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जलेश्वरले नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *