साइमेक्स इंकको अन्तर्राष्ट्रिय सफलता

बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्स मा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।

CONNECTED. INSPIRED. UNITED थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरूलाई उनीहरूको अभूतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो।

नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए वापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ।

साइमेक्स इंकले All Brand Top Sales Award, Asia Pacific Outstanding Strategic Partner Award, 2024 Excellent Partner AwardTop 20 Store Award प्राप्त गरेको छ।

यसका साथै, बिक्री कार्यमा असाधारण उपलब्धिका साथ योगदान गरे वापत धेरै व्यक्तिहरूलाई सम्मानित गरियो।

लुज महर्जन, निराजन खनालसनम शेख ले Top Sales Award प्राप्त गर्नुभयो।

नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बन्यो।

यसअनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वर्ल्ड प्रा.लि. ले 2024 Outstanding Marketing Dealer Award प्राप्त गर्यो।

त्यसैगरी, चितवनको डिलर युरो अटो ग्रिन प्रा.लि. ले 2024 Excellent Partner Award र वीरगन्जको डिलर निरज अटोमोबाइल्स प्रा.लि. ले 2024 Best Sales Growth Dealer Award प्राप्त गरे।

‘यी प्रतिष्ठित पुरस्कार नेपालमा भएका हाम्रो टिम र डिलर पार्टनरको समर्पण र कडा परिश्रमका प्रतीक हुन्।

ईभी क्रान्तिमा हामीले नेतृत्व लिइरहेको अवस्थामा, आगामी दिनमा समेत हाम्रा ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा हामी प्रतिबद्ध छौं।’साइमेक्स इंक प्रा.लि. का अध्यक्ष अनिल श्रेष्ठ

‘बीवाईडीले मेरो कडा परिश्रमको पहिचान गरेकोमा म अविश्वसनीय रूपमा गर्व र कृतज्ञ महसुस गरेको छु। कार बिक्री गर्नु मात्र होइन, यो एक भिजनलाई ड्राइभ गर्नु, मानिसहरूलाई दिगो भविष्य अंगाल्नका लागि मद्दत गर्नु र वास्तविक रूपमा केही फरक देखाउनु हो।

मेरा प्रत्येक रातका योजना, प्रत्येक चुनौती र प्रत्येक कार्यबाट यो अवस्था आइपुगेको छ र यसका लागि मेरा ग्राहक तथा मेरो टिमले मप्रति गर्नुभएको विश्वासका लागि सबैप्रति कृतज्ञ छु।’साइमेक्स इंकका सिनियर सेल्स अफिसर निराजन खनाल

साइमेक्स इंक आफ्ना ग्राहक, साझेदार र सरोकारवालाहरूलाई उहाँहरूको निरन्तर विश्वास र समर्थनका लागि हृदयदेखि कृतज्ञता व्यक्त गर्दछ।

यो क्षणमा, हामी नेपाललाई अझै सफा र दिगो भविष्यतिर लैजाने कार्यका साथ अर्को वर्ष समेत अझै सफल हुने अपेक्षा गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *