पोखरामा पहिलो पटक आयोजना गरिएको वाडा अटो शो २०२५ आइतबार सम्पन्न हुँदैछ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा भएको यो अटो शो काठमाडौं बाहिर पहिलो पटक गरिएको अटो शो हो।
नाडाका सदस्य संस्था पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले क्षेत्रीय स्तरमै यो भव्य अटो शो आयोजना गरेको हो।
चार दिनसम्म चलेको अटो शोमा ७ वटा दुईपांग्रे, ६ वटा विद्युतीय लाइट कमर्सियल सवारी ब्रान्ड तथा १९ वटा चारपांग्रे ब्रान्डहरूले भाग लिएका छन्।
दुईपांग्रे सवारीमध्ये ट्रायम्फ, सुजुकी, रोयल इनफिल्ड, टीभीएस, एथर, यामाहा र बजाज प्रमुख आकर्षण बनेका छन्।
त्यस्तै, चारपांग्रे सवारीमा हुन्डाई, निसान, महिन्द्रा, एमजी, टाटा, टोयोटा, किया, इसुजु, जीकर, स्काइवेल, सिट्रोन, लिपमोटर्स लगायतका ब्रान्ड सहभागी भएका छन्।
यसैगरी, लाइट कमर्सियल विद्युतीय सवारीतर्फ हाइगर, न्यू गोनाओ, स्काइवर्थ, डोङफेङ, कावे र कामा ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएका छन्।
वाडा अटो शोमा सहभागी ब्रान्डहरूले ग्राहकहरूलाई आकर्षित गर्न विभिन्न छुट तथा अफरहरू उपलब्ध गराएका छन्।
अटोमोबाइल बजारलाई थप चलायमान बनाउने उद्देश्यले आयोजना गरिएको यस अटो शोमा विभिन्न बैंक, बीमा कम्पनी तथा सवारीसाधन पार्टपुर्जाका ब्रान्डहरूले पनि सहभागिता जनाएका छन्।
Post Views: 324