Chitwan Women’s Motor Rally सम्बन्धी प्रेस मिट सम्पन्न

महिला सशक्तिकरण, ड्राइभ टुरिजम, र साहसिक खेलकुद मुख्य थिम रहेको Chitwan Women’s Motor Rally सम्बन्धी प्रेस मिट आज सेभेन स्टार होटल, सौराहा मा सम्पन्न भयो।

बागमती अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया, रेबान चितवनका अध्यक्ष धुव गिरी, नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य गोपाल भट्टराई, तथा पत्रकार महासंघ चितवनकी अध्यक्ष शान्ता अधिकारी सहितको उपस्थितिमा सम्पन्न यस प्रेस मिटमा समग्र चितवनको साहसिक खेलकुदमार्फत दिगो पर्यटन र महिला सशक्तिकरणमा महिला मोटर र्‍यालीले पार्ने सकारात्मक प्रभाव को बारेमा समेत चर्चा गरियो।

बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको स्वागत मन्तव्य

“बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनद्वारा आयोजित यस प्रेस मिटमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ।”

अटोमोबाइल, मोबिलिटी, मोटरस्पोर्ट्स, ड्राइभ टुरिजम, दिगो सडक तथा सुरक्षित यातायात को क्षेत्रमा क्रियाशील बागमती प्रदेश स्तरीय संघ हो।
मोटर स्पोर्ट्स मोटर र्‍याली, सेफ्टी राइडिङ तालिम, विद्यालय क्षेत्र सुरक्षा कार्यक्रम, अटोल्याण्ड अध्ययन अनुसन्धान, तथा सार्वजनिक यातायात सुधारका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्य गर्दै आएको छ।

महिला मोटर र्‍याली कार्यक्रम

यसै क्रममा, बागमती प्रदेश खेलकुद विकास परिषदमा दर्ता भई नेपाल अटोमोबाइल्स एसोसिएसनमा आवद्ध यस संघले आगामी २०८१ चैत्र २५ गते चितवनका पर्यटकीय क्षेत्रहरूलाई जोड्दै ड्राइभ टुरिजम, महिला सशक्तिकरण, तथा साहसिक खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यका साथ भरतपुर–मेघौली–गोलाघाट–जगतपुर–पटिहानी–सौराहा महिला मोटर र्‍याली आयोजना गर्दैछ।

नेपाल र विश्वकै सन्दर्भमा अत्यन्तै साहसिक र पृथक पहिचान बोकेको मोटरस्पोर्ट्सको विधा Special Stage सहितको TDS Rally को घोषणा यस कार्यक्रममा गरिएको छ।

विगत एक दशकदेखि नेपालमा र चितवनमा समेत लोकप्रिय हुँदै गइरहेका विभिन्न मोटरस्पोर्ट्स इभेन्टहरू चितवनमा समेत सम्पन्न भइरहेका छन्। महिला सशक्तिकरण, ड्राइभ टुरिजम, र साहसिक खेलकुद मुख्य थिम रहेको Women’s Motor Rally बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसन को आयोजनामा हुन गइरहेको हो, जसको नेतृत्व र सचिवालय चितवनमा नै रहेको छ।

प्रतियोगिता नियम र प्रारूप

समय, दूरी, र गतिमा (TDS) आधारित र्‍याली
सहभागी ड्राइभरहरूले तोकिएको रूटमा, तोकिएको गति भित्र रहेर, तोकिएको चेक–पोइन्ट पार गर्दै समयभित्र यात्रा सम्पन्न गर्नुपर्नेछ।
मोटर रेसिङको “सर्ट सर्किट विधा (Special Stage)” छोटो र साँघुरो अस्थायी सर्किट डिजाइन गरी कलात्मक रूपमा तयार गरिनेछ।
ड्राइभरहरूले आफ्नो कला, साहस, र सिर्जना प्रस्तुत गर्ने अवसर पाउनेछन्।

प्रतियोगिताको प्रारम्भिक योजना

📍 स्थान: भरतपुरको नारायणी किनार, चितवन उद्योग वाणिज्य संघ नजिकबाट शुरुवात।
🚘 गाडी संख्या: ३० गाडी (प्रत्येकमा १ नेभिगेटर सहित) → ६० जना सहभागी
📢 दर्ता प्रक्रिया:
नेपालभरका इच्छुक महिला ड्राइभरहरूले अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन्।
NASA नेपालको स्पोर्ट्स लाइसेन्स लिएको अनिवार्य हुनेछ।

पुरस्कार र विशेष अवसरहरू

🏆 विजेताहरूलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ।
🌍 स्पेसल स्टेजमा उत्कृष्ट २ जनालाई अन्तर्राष्ट्रिय खेलमा सहभागिताको अवसर प्रदान गरिनेछ।

कार्यक्रम विवरण

🕖 मिति र समय: चैत्र २५ गते, विहान ७ बजे
👥 कुल सहभागिता: १०० जना (ड्राइभर, नेभिगेटर, मार्शल, मेकानिक, मेडिकल, अन्य अफिसियल)
💰 दर्ता शुल्क: NRs. 1,000
🏠 चितवन बाहिरबाट आउने सहभागीहरूको लागि १ रातको आवास व्यवस्था।
🛡 सहभागीहरूलाई खेलकुद बीमा, रेसिङ, तथा रोड सेफ्टी सम्बन्धी ओरिएन्टेसन गरिनेछ।
🚗 प्रतियोगितामा सबै प्रकारका कार तथा जिप सहभागी हुन सक्नेछन्, तर महिला ड्राइभरहरू मात्र सहभागी हुन पाउनेछन्।

प्रतियोगिताको उद्घाटन र समापन

🎤 उद्घाटन: भरतपुर महानगरपालिकाका मेयर द्वारा
🎤 समापन: रत्ननगर नगरपालिकाका मेयर द्वारा

बजेट व्यवस्थापन र सहयोगी संस्था

💰 कुल लागत अनुमान: NRs. ११,६०,०००
📢 बजेट स्रोत: उद्यमी, व्यवसायी, तथा दर्ता शुल्क मार्फत व्यवस्थापन।
🤝 सहयोगी संस्थाहरू:
भरतपुर महानगरपालिका
रत्ननगर नगरपालिका
चितवन अटोमोबाइल्स डिलर एसोसिएसन
बागमती खेलकुद विकास परिषद
राष्ट्रिय खेलकुद परिषद
रेवान सौराहा

प्रत्यक्ष प्रसारण र निर्णायक टिम

📺 कार्यक्रमको प्रत्यक्ष प्रसारण कुनै टेलिभिजन च्यानलबाट गरिनेछ।
नेपाल अटोमोबाइल्स एसोसिएसनका अन्तर्राष्ट्रिय तालिम प्राप्त मार्शलहरूबाट ओरिएन्टेसन गरिनेछ।
सोही टिम निर्णायक रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *