बल्ल सडक निर्माण सुरु

सरकारले घोषणा गरेको एक दशक पुग्न लाग्दा लुम्बिनी प्रदेशका दुई वटा औद्योगिक क्षेत्र निर्माण लागि बल्ल सडक निर्माण र जग्गा यकिनको काम हुन थालेको छ ।

संघीय सरकारले २०७२ सालमा देशका विभिन्न ठाउँसँगै बाँकेको नौवस्ता औद्योगिक क्षेत्र र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो ।

रुपन्देहीको मोतीपुरमा विगतमा घोषणा गरेको जग्गाको क्षेत्र घटाएर औद्योगिक क्षेत्र निर्माण गर्ने योजनाअनुसार अहिले जग्गा नाप जाँच भएको छ ।

रुपन्देहीमा भन्दा बाँकेमा तुलनात्मक रूपमा काम अगाडि बढेको छ। दुवै ठाउँका औद्योगिक क्षेत्र हतारमा २०७७ सालमा शिलान्यास भएका हुन्।

त्यसपछि जग्गा विवादलगायत कारणले निर्माण प्रक्रियामा ढिलाइ भएको हो ।

अहिले दुवैमा काम गर्ने प्रक्रिया थालिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक इन्जिनियर पदम ओलीले बताए। उनले बाँकेमा केही काम भएको छ । यता रुपन्देहीका पनि जग्गा पुनः नापजाँच चलिहरेको उनले बताए ।

बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रमा अतिक्रमित घर हटाएर यही साता औद्योगिक क्षेत्रभित्र सडक निर्माण गरिएको छ।

तारजाली पनि लगाउन सुरु गरिएको औद्योगिक क्षेत्र बाँके नौवस्ताका व्यवस्थापक प्रदीप पराजुलीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *