पोखरामा पहिलोपटक चलिरहेको क्षेत्रीयस्तरको ‘अटो शो’

पोखरामा पहिलोपटक आयोजना भएको क्षेत्रीयस्तरको ‘अटो शो’ सुरू भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा नाडाकै सदस्य संस्था पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाड)ले पहिलोपटक पोखरामा क्षेत्रीय अटो शो आयाजना गरेको हो।

बिहीबारदेखि सुरु भएको वाडा अटो शो १७ गतेसम्म सञ्चालन हुनेछ।

‘नाडा प्रिजेन्ट्स् वाडा अटो शो २०२५’ घोषणा गरेर नाडाले पहिलोपटक काठमाडौं बाहिर अटो शो गरेको हो।

यो वर्षको वाडा अटो शोमा ७ वटा दुईपांग्रे ब्रान्ड, ६ वटा विद्युतीय लाइट कमर्सियल सवारी ब्रान्ड र १९ वटा चारपांग्रे ब्रान्डले सहभागिता जनाएका छन्।

वाडा अटो शोमा सहभागी दुईपांग्रे ब्रान्डमा ट्रायम्फ, सुजुकी, रोयल इनफिल्ड, टीभीएस, एथर, यामाहा र बजाज रहेका छन्।

दुईपांग्रेमा विद्युतीय सवारी ब्रान्ड एथरमात्रै रहेको छ।

यता चारपांग्रेतर्फ भने विद्युतीय सवारी ब्रान्डकै बाहुल्यता रहेको छ।

चार पांग्रेतर्फ हुन्डाई, दिपल, स्काइवेल, ओमोडा/जेइको, निसान/जीकर, लिपमोटर्स/सिट्रोन, महिन्द्रा, सुजुकी, एमजी, एलईभी, टोयोटा, नामी, किया, इसुजु, केई, टाटालगायत ब्रान्ड रहेका छन्।

त्यस्तै लाइट कमर्सिलय विद्युतीय सवारीतर्फ पाँच ब्रान्डको सहभागिता रहेको छ।

लाइट कमर्सियलतर्फ हाइगर, न्यू गोनाओ, स्काइवर्थ, डोङफेङ र कामा ब्रान्डका सवारी वाडा अटो शोमा प्रदर्शनीमा राखिएका छन्।

यसैगरी २५ वटा सवारी पार्टपुर्जाका ब्रान्डहरुले सहभागिता जनाएका छन् भने ३ वटा बैंक र बीमा कम्पनी र एउटा रिकन्डिसन कम्पनी पनि वाडामा रहेका छन्। वाडा अटो शोको व्यवस्थापन जेम्सले गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *