भारतले ६ सय मेगावाट विद्युत् दिने

भारतले रातिको समयमा पाँच घण्टा ६ सय मेगावाट विद्युत् दिने भएको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले राति ११ देखि बिहान ४ बजेसम्म ६ सय मेगावाट विद्युत् दिने स्वीकृति नेपाल विद्युत् प्राधिकरणलाई पठाएको हो ।

योसँगै अब प्राधिकरणले उक्त समयमा भारतको इनर्जी एक्सजेन्च मार्केटबाट सोबराबरको विद्युत् खरिद गर्न सक्नेछ ।

पूर्वस्वीकृतिअनुसार भारतले ३ चैतदेखि इनर्जी एक्सचेन्ज मार्केटबाट रातिको समयमा विद्युत् खरिद गर्न दिएको थिएन ।

दिउँसो सोलार आवर (सूर्याेदयदेखि सूर्यास्तसम्म) मात्रै विद्युत् खरिद गर्न दिएको थियो ।

त्यसले गर्दा रातिको समयमा उद्योगमा विद्युत् कटौतीसमेत भएको अवस्था थियो ।

नयाँ स्वीकृतिअनुसार अब राति ५–११ बजेसम्म र बिहान ४–६ बजेबाहेकको समयमा भारतबाट विद्युत् आयात गर्न पाइन्छ ।

नेपालमा अधिकांश नदी प्रवाहमा आधारित परियोजना छन् । त्यो अवस्थामा बर्खामा खोलामा पानी बढी हुँदा पूर्ण क्षमता विद्युत् उत्पादन गर्न सकिन्छ, जुन वेला भारतमा विद्युत् निर्यात गर्न पनि सकिन्छ ।

तर, हिउँदमा खोलामा पानी कम भएपछि यहाँको विद्युत् उत्पादन पनि कम हुन्छ ।

त्यसवेला आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्छ । तर, पछिल्लोपटक भारतले रातिको समय विद्युत् दिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *