मार्ग खुलको १४ वर्षपछि स्तरोन्नति

मंगला गाउँपालिका-२ मा बाबियाचौर-काफलचौर-सल्ल्यान-भर्जुला सडक स्तरोन्नति भएको छ।

विसं २०६७ मा स्थानीयवासीले चन्दा संकलन गरेर खोलेको यो सडक मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं १ र २ का बस्ती जोडिन्छ।

बेनी-दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट सुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक दुई करोड १५ लाख रूपैयाँको लागतमा स्तरोन्नति भएको मंगला गाउँपालिका-२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए।

सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली, भूक्षय रोक्न टेवा र ग्यावियन पर्खाल निर्माण गरेर पाँचसय ३८ मिटर ढलान गरिएको छ।

भाइवाङखोलाको प्रवेशबिन्दुबाट एक सय १० मिटर सडक छ मिटर फराकिलो बनाएर ढलान पनि गरिएको छ।

यसअघि भरजुला-थाइवाङ खण्ड गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत ३० लाख रूपैयाँ लागतमा स्तरोन्नति भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *