पोखरामा वाडा अटो शो अफर

बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रा. लि. (निसान, ओमोडा एन्ड जेइको, र जिकरका लागि लागि आधिकारिक डिलर) र एसएसएल मोटर्स कम्पनी प्रा. लि. (लिपमोटर र सिट्रनका लागि आधिकारिक डिलर), दुवै कम्पनिहरूले ‘वाडा अटो सो २०२५’ को लागि आकर्षक अफरहरू सार्वजनिक गरेका छन्।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) द्वारा आयोजना हुन गइरहेको ‘वाडा अटो सो २०२५’ मा नेपालको अटोमोबाइल बजारका चर्चित कम्पनीहरू शारडा ग्रुप र गोल्छा अर्गनाइजेसन आदिको सहकार्य र सहभागिता रहेको छ।

अत्याधुनिक अटोमोटिभ ब्रान्ड र विशेष अफरहरूको भव्य प्रदर्शनीको रुपमा रहेको ‘वाडा अटो सो २०२५’, पोखराको अमरसिंह मैदानमा २०८१ चैत १४ गतेदेखि १८ गतेसम्म (तदनुसार २७ मार्चदेखि ३१ मार्च २०२५) आयोजना हुँदैछ।

अटो प्रदर्शनीमा एलिट मोटर्सले विभिन्न प्रिमियम अटोमोटिभ ब्रान्डहरू प्रस्तुत गर्दैछ, जहाँ सहभागी तथा दर्शकहरूले अत्याधुनिक गाडी अनुभव गर्नुका साथै सीमित समयका लागि विशेष अफरहरूको लाभ लिन सक्नेछन्।

प्रदर्शनीमा शारडा ग्रुपअन्तर्गत ओमोडा एन्ड जेइको, निसान, र जिकर ब्रान्डहरू स्टल नम्बर ‘ए-सिक्स’ र ‘ए-सेभेन’ मा प्रस्तुत गरिनेछ।

यस्तै गरी, गोल्छा ग्रुपले स्टल नम्बर ‘ए-टु’ मा ‘लिपमोटर’ र ‘सिट्रन’ ब्रान्डका गाडीहरू प्रदर्शन गर्नेछ।

ओमोडा एन्ड जेइकोको स्टलमा विशेष वार्षिकोत्सव (एनिभर्सरी) लाभहरूसहित ‘वन इयर अफ इनोभेसन’ को उत्सव (ब्रान्डको नेपालमा पहिलो वार्षिकोत्सव) मनाइनेछ।

सीमित अवधिका लागि, ग्राहकहरूले नयाँ ओमोडा एन्ड जेइको गाडी रू. ५५,९९,००० को सुरुवाती मूल्यबाट बुकिङ तथा खरिद गर्न सक्नेछन्, जसमा रू. ५,१५,००० बराबरको लाभ समावेश हुनेछ।

यी लाभहरूमा नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा, साथै ब्याट्री र मोटरमा ८ वर्ष (वा १,६०,००० किलोमिटर) को उत्कृष्ट वारेन्टी समावेश छन्।

त्यसैगरी, ग्राहकहरूले निःशुल्क ७ किलोवाट वाल चार्जर र एक वर्षको निःशुल्क सडक कर पनि प्राप्त गर्नेछन्।

जिकरले पनि ग्राहकहरूका लागि विशेष अफरहरू ल्याएको छ जसअन्तर्गत नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क ७ किलोवाटको चार्जर, र चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर समावेश छन्।

साथै, निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण, सुरुवाती मूल्य रू. ३४,७५,००० सहित प्रदर्शनमा रहेको छ।

यसमा रू. २६,३२० को मासिक किस्तासहित आकर्षक फाइनान्सिङ सुविधाहरू समेटिएको छ।

त्यसैगरी ग्राहकहरूले एक वर्षको विस्तृत बीमा, चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर, र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन्।

त्यसैगरी लिपमोटरले ‘वाडा मा नाडा अफर’ घोषणा गरेको छ, जसअन्तर्गत लिपमोटर ‘सि-टेन’ रू. ६७,९९,००० को विशेष मूल्यमा बुक गर्न सकिनेछ।

वाडा विशेष अफरहरूमा २०% डाउनपेमेन्ट, निःशुल्क ७ किलोवाटको चार्जर, निःशुल्क सडक कर आदि छन् भने अटो सोमा स्टल नम्बर ‘ए-टु’ भ्रमण गर्ने ग्राहकहरूले लिपमोटरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू पनि प्राप्त गर्नेछन्।

एलिट मोटर्स र एसएसएल मोटर्स दुवैले ग्राहकहरूको अटोमोटिभ तथा ड्राइभिङ अनुभवलाई अझ सहज, किफायती र उत्साहजनक बनाउन निरन्तर प्रयास गर्दै आइरहेको छ।

वाडा अटो सोमा गरेको सहभागिताले कम्पनीको ‘विश्वस्तरीय अटोमोटिभ ब्रान्डहरू र सेवाहरू ग्राहकहरूमाझ सहज रूपमा उपलब्ध गराउने’ प्रतिबद्धतालाई झल्काउँछ।

बराल ग्रुप, सम्पूर्ण अटोप्रेमीहरू र नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई २०८१ चैत १४ देखि १८ गते (तदनुसार २७ मार्चदेखि ३१ मार्च २०२५) सम्म पोखरामा आयोजना हुने ‘वाडा अटो सो’ भ्रमण गरी आफुलाई उपयुक्त हुने सवारीको अवलोकन तथा खरिद गरी उत्कृष्ट अफरहरूको लाभ लिन आह्वान गर्दछ।

थप जानकारीका लागि एलिट मोटर्स तथा एसएसएल मोटर्सका स्टलहरूमा पुगी प्रतिनिधिहरूसँग सवारीसाधनहरूको लाइनअप र विशेष अफरहरूको बारेमा प्रत्यक्ष जान्न र बुझ्न आह्वान गरिन्छ।

एलिट मोटर्स प्रा. लि. को बारेमा:

एलिट मोटर्स प्रा. लि., बराल ग्रुपअन्तर्गतको कम्पनी हो, जसले गण्डकी र धौलागिरी क्षेत्रका लागि निसान, ओमोडा एन्ड जेइको, र जिकरको आधिकारिक डिलरको रूपमा सेवा प्रदान गर्दै आएको छ।

एसएसएल मोटर्स प्रा. लि. को बारेमा:

एसएसएल मोटर्स प्रा. लि., बराल ग्रुपअन्तर्गतको कम्पनी हो, जसले गण्डकी र धौलागिरी क्षेत्रका लागि लिपमोटर्स र सिट्रन‍को आधिकारिक डिलरको रूपमा सेवा प्रदान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *