घटनामा एक जना नाम थर नखुलेकी महिलाको पनि मृत्यु भएको छ। प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल पठाएको बताए ।
अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस भुवनपाटा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
बस भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको थियो । उक्त बसमा २२ जना रहेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।