लन्डनको हिथ्रो विमानस्थल २४ घण्टाका लागि बन्द

लन्डनको हिथ्रो विमानस्थल शुक्रबार पूरै दिनका लागि बन्द हुने भएको छ।

बीबीसीका अनुसार विमानस्थल नजिकै रहेको एउटा इलेक्ट्रिकल सबस्टेसनमा ठूलो आगलागी भएपछि विमानस्थललाई आपूर्ति हुने बिजुली अवरुद्ध भएको हो।

विमानस्थलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगलागीका कारण विमानस्थलमा ठूलो परिमाणमा बिजुली आपूर्ति अवरुद्ध भएको छ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षाका लागि, हिथ्रो विमानस्थल मार्च २१ को मध्यरात २३:५९ बजेसम्म बन्द रहनेछ।’

यात्रुहरूलाई हवाई मैदानमा नजान सल्लाह दिँदै थप जानकारीका लागि आफ्नो एयरलाइनसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

विज्ञप्तिमा यात्रुलाई भएको असुविधाप्रति क्षमायाचना पनि गरिएको छ।

ब्रिटेनको सबैभन्दा ठूलो विमानस्थल मानिने हिथ्रोमा दैनिक करिब १,३०० विमानहरू अवतरण र उडान गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *