Skip to content
सरकारले बाढीले क्षति पुर्याएको बीपी राजमार्गको स्थायी पुनर्निर्माणका लागि प्रक्रिया अघि बढाएको छ।
२९.५ किलोमिटर क्षतिग्रस्त सडकलाई चार प्याकेजमा विभाजन गरी ठेक्का आह्वान गरिएको छ। सिन्धुलीमा एक र काभ्रेमा तीन गरी चार प्याकेज बनाइएको छ।
हालसम्म तीन प्याकेजको ठेक्का प्रक्रिया सुरु भइसकेको छ भने अन्तिम प्याकेज जापानी संस्था जाइका (JICA) लाई दिनेबारे छलफल भइरहेको छ।
पहिले यो राजमार्ग जाइका कै सहयोगमा बनेको थियो।
हाल पुनर्निर्माणमा पनि चासो देखाए पनि उनीहरू निर्णय गर्न ढिलो गरिरहेका छन्। सरकारले ८.५ अर्ब बजेट छुट्याइसकेको छ।
ठेक्का प्रक्रियाअनुसार ३० दिनभित्र निर्माण कम्पनीहरूले आवेदन दिनुपर्ने छ।
गत वर्षको भारी वर्षाले भकुन्डेबेसीदेखि नेपालथोकसम्म २९.५ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुर्याएको थियो।
अस्थायी ट्र्याक निर्माण गरी अहिले सञ्चालन गरिएको छ, तर वर्षामा आवागमन सहज बनाउन दोस्रो चरणको अस्थायी पुनर्निर्माण पनि भइरहेको छ।
अब स्थायी पुनर्निर्माणपछि बीपी राजमार्ग थप सुरक्षित र मजबुत हुने अपेक्षा गरिएको छ।
Post Views: 29