पनौती बसपार्कमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काभ्रेको पनौती नगरपालिका-७ बसपार्कस्थित सडकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बा. प्र. ०१–००३ क ९४८५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ललितपुर महाङकाल गाउँपालिका-२ घर भएका ७० वर्षीया मैया बजगाईंको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा भएको थियो । उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *