ज्वलनशील उपकरणहरू फेला पारेपछि बम स्क्वाडलाई घटनास्थलमा बोलाइयो । बम डिस्पोजल स्क्वाडले कुनै समस्या बिनै उपकरणहरू आफ्नो नियन्त्रणमा लिएका छन् ।
यस घटनामा कोही पनि घाइते भएको वा कसैलाई क्षति भएको रिपोर्ट आएको छैन ।
यसबारे छानबिन चलिरहेकोले थप जानकारी उपलब्ध नभएको प्रहरी विभागले भनेको छ ।
संघीय कोष र जागिरलमा कटौती पछि हमला
मस्कले हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनसँग मिलेर संघीय सरकारको कोष र जागिर कटौती गर्ने निर्णय गरेका थिए ।
त्यसपछि अमेरिका र विदेशमा मस्कको कम्पनी विरुद्ध विरोध प्रदर्शन भइरहेको छ ।
यसअघि शनिबार, फ्लोरिडाको पाम बिच काउन्टीमा टेस्लाको शोरुमबाहिर विरोध प्रदर्शन गरिरहेका मानिसहरूमाथि एक व्यक्तिले आफ्नो कार ठोक्काएका थिए । तर, यस घटनामा कोही पनि घाइते भएनन् ।
आक्रमणको उजुरी प्राप्त भएपछि प्रहरीले तुरुन्तै ती व्यक्तिलाई पक्राउ गर्यो ।
त्यसै दिन क्यालिफोर्नियामा पनि प्रदर्शनको क्रममा स्टन गन प्रयोग गरेको आरोपमा एक जना ३३ वर्षीय पुरुषलाई पक्राउ गरिएको थियो ।
टेस्लालाई लक्षित गरी भएका हिंसात्मक घटनाहरूमा सियाटलमा साइबरट्रक जलाउने र ओरेगनमा एउटा शोरुममाथि गोलीबारीका घटना समावेश छन् ।
टेस्लाका शोरूम, सवारी साधन, चार्जिङ स्टेशन र निजी स्वामित्वमा रहेका कारहरूलाई पनि निशाना बनाइएको छ ।