Riddara 4WD Ev Pickup सार्वजनिक

नेपालमा Riddara को आधिकारिक वितरक CG Motors ले आज नेपालकै पहिलो 100% Pure Electric 4×4 Pickup – Riddara RD6 को औपचारिक सार्वजनिक गरेको छ, हत्तिवान रिसोर्ट, फर्पिङ, दक्षिणकालीमा ट्र्याक एड्भेन्चर ड्राइभ गरेर सार्वजनिक गरिएको हो।

सोही कार्यक्रममा १० वटा Riddara 4WD बुकिङ भएको कम्पनीले जानकारी दिएको छ।

अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमतासँग डिजाइन गरिएको Riddara 4×4 ले EV Pickup Segment मा नयाँ स्तर स्थापित गरेको छ।

यसमा ४२४ किमी को उत्कृष्ट रेंज र ७३ kWh क्षमताको ब्याट्री रहेको छ, जुन कार्यक्षमता र वातावरणमैत्री प्रविधिको अद्वितीय संयोजन हो।

नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै Riddara 4×4 मा ७ फरक-फरक ड्राइविंग मोडहरू – (Sand, Mud, Off-road, Wading, Economy, Comfort, र Sport – 4WD) – उपलब्ध छन्, जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ।

साथै, 540 डिग्री सर्भाइन्ड भ्यू क्यामेरा प्रणालीसमेत समावेश गरिएको छ, जसले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउँछ।

आजको औपचारिक कार्यक्रमलाई थप रोमाञ्चक बनाउने उद्देश्यले, Riddara RD6 ले विशेष 4WD डेलिभरी र एड्भेन्चर ड्राइभ अनुभव पनि आयोजना गरिरहेको छ, जसमा सहभागीहरूले गाडीको वास्तविक शक्ति र क्षमताको अनुभव विभिन्न चुनौतीपूर्ण भूभागहरूमा प्रत्यक्ष रूपमा लिन सक्नेछन्।

Geely Riddara RD6 मा २२५ मिमि को ग्राउन्ड क्लियरन्स, ९५% को म्याक्स ग्रेडबिलिटी, ४२४ किमी रेंज, ६.१ मिटर टर्निङ रेडियस र ७ ड्राइविङ मोड्स सहित उत्कृष्ट प्रदर्शन गर्ने क्षमता रहेको छ, र यसमा GB/T चार्जिङ सुविधा पनि उपलब्ध छ।

Riddara अहिले प्रारम्भिक मूल्य रु ७९.९९ लाखमा उपलब्ध छ, जसले यसको उत्कृष्ट विशेषताहरू र वातावरणमैत्री प्रविधिलाई अझ मूल्यवान बनाउँछ।

Riddara को यो प्रक्षेपण EV सवारी साधनको क्षेत्रमा मात्र नभई नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्र्याउने दिशामा पनि ठूलो उपलब्धि हो।

यो पिकअपले चीनमा No. 1 EV Pickup को रूपमा पहिचान प्राप्त गरिसकेको छ। यसको मूल कम्पनी Geely Auto Group चीनका शीर्ष १० ठूला अटोमोबाइल कम्पनीहरूमध्ये एक हो।

यस प्रक्षेपणमार्फत CG Motors ले नेपालमा विद्युतीय सवारी साधनमा नवीनतम प्रविधि प्रस्तुत गर्दै एक नयाँ युगको सुरुवात गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *