नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेलले पूर्वी नेपालको इटहरीमा आफ्नो सो रुम आज औपचारीक उद्घाटन गरेको छ।
नेपालमा पाईने विद्युतीय सवारी साधनहरु मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक वर्ष अगाडी भित्र्याएको थियो।
मार्च २४, सोमबारका दिन प्रमुख अथिती, कोशी प्रदेशका सामाजिक विकास मन्त्री श्री पाँच कर्ण राई एक समारोहका बीच रिबन काटेर विक्री कक्षको उद्घाटन गरे।
उद्घाटनका अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्रि म्यानेजर भिरा एवं जि मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालको उपस्थिति रहेको थियो।
चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बलियो बजार साख श्रृजना गरिसकेको छ।
स्काईवेल चीनीयाँ ईलेक्ट्रोनिक्स्जाईन्ट स्काईवर्थको ब्राण्ड हो।
राम्रो फाईनान्सीयल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको हो।
भक्तपुरको राधेराधेमा पहिलो विक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक वर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको विक्री वितरण शुरु गरेको थियो।
नेपाली बजारमा भित्रिएको एक वर्ष भित्रमै राम्रो ब्राण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १०० भन्दा बढी एसयुभीहरु नेपालमा विक्री गरिसकेको छ।
नेपालका लागि आधिकारीक आयातकर्ता तथा विक्रेता जि. मोटर्स रहेको स्काईवेलले छोटो समयमा हासिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि. मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको देखिन्छ।
कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल भन्छन्, “हामी देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई हाम्रा गाडि विक्री गर्छौं, वहाँहरु घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने माहान्सोचका साथ उही लक्जुरी प्राप्त हुने विकल्पको रुपमा स्काईवेलका एसयुभी चढ्न थाल्नुहुन्छ।
त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा हामी कहीं कति पनि चुक्नेछैनौं। हामी घरमै गएर सेवा दिनुपरे पनि हमेसा तत्पर रहन्छौं। हामी सँग यथेष्ठ स्पेयर्स पार्टस्जगेडा छन्।”
आयोजित समारोहमा बोल्दै जि. मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलाल भन्छन्, स्काईवेल साधारण ईवी मात्र होइन यो प्रिमियम एसयुभी ब्राण्डको रुपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन हो।
यो सवारी चढेर हिँड्ने हाम्रा ग्राहकले जति गर्व गर्नुहुन्छ, यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्राण्ड भ्यालु र सेवा सुविधा बनाउनु हाम्रो दायित्व हो त्यसमा हामी कहीँ चुक्ने छैनौं।”
एक करोड १५ लाख रुपैयाँ मूल्य सम्म पर्ने स्काईवेलका एसयुभीको शुरुवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रुपैयाँ मूल्य पर्छ।
यसै वर्ष स्काईवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउँदैछ।