आज प्रोटोन EMAS-7 सार्वजनिक हुने

जगदम्बा मोटर्सले प्रोटोन ई.एमएएस-७ को सातवटै प्रदेशहरू पार गर्दै सम्पन्न भएको २१-दिने चुनौतीपूर्ण यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ।

यो उपलब्धिले विभिन्न भौगोलिक र मौसमीय परिस्थितिहरूमा गाडीको उत्कृष्ट प्रदर्शन, विश्वासनीयता र कुशलताको प्रमाण दिएको छ।

प्रोटोन ई.एमएएस-७  औपचारिक रूपमा सार्वजनिक उद्घाटनका लागि तयार छ, जसले नेपालको दिगो यातायातको दिशामा नयाँ युगको सुरुवात गर्नेछ।

प्रोटोन ई.एमएएस७ ले आफ्नो क्रस कन्ट्री यात्रा गाडीको अनुकूलता र सहनशीलता वास्तविक परिस्थितिमा परीक्षण गर्नका लागि सुरु गरेको थियो।

तराईका समथर फाँटदेखि हिमाली भूबनोटका कठोर बाटाहरू हुँदै, यो विद्युतीय सवारीसाधनले विभिन्न भूभागहरूमा आफूलाई सफलतापूर्वक प्रमाणित गर्यो।

यस यात्राले स्थानीय समुदायलाई गाडीको उन्नत प्रविधि र वातावरणमैत्री विशेषताहरू प्रत्यक्ष अनुभव गर्ने अवसर पनि प्रदान गर्यो।

“यो यात्रा प्रोटोन ई.एमएएस७ को क्षमताको प्रमाण हो र नेपाली बजारका लागि यसको तयारी दर्शाउँछ।

आज काठमाडौंमा औपचारिक सार्वजनिक उद्घाटन हुनेछ, जहाँ उद्योगका अगुवा व्यक्तित्वहरू, सरकारी अधिकारीहरू र सर्वसाधारणको उपस्थिति रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *