Skip to content
इजरायलमाथि प्रहार भएको क्षेप्यास्त्रको जिम्मेवारी यमनको सशस्त्र विद्रोही समूह हुथीले लिएको छ ।
तेल अभिभ नजिकैको बेन गुरियन विमानस्थलतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको समूहका सैन्य प्रवक्ताले टेलिभिजनमा प्रसारित विज्ञप्तिमा भनेका थिए ।
इजरायली सुरक्षा बलले इजरायलका केही क्षेत्रमा साइरन बज्न थालेको बताएको छ । यसमा कोही घाइते भएको खबर आएको छैन ।
यसैबिच, गाजामा हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले बिहीबार बिहान इजरायली आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको बताएको छ ।
Post Views: 215