बबरमहलमा मोटरसाइकल दुर्घटना

काठमाडौं महानगरपालिका-११ बरबरमहल चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बुधबार राति दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको थिमि बस्दै आएका खोटाङ घर भएका २६ वर्षीय इसान राईको मत्यु भएको हो ।

गम्भीर घाइते उनलाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *