म्याग्दीको धवलागिरि गाउँपालिका– २ लुलाङको पाखापानीमा भएको ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
निर्माणाधीन अवस्थामा रहेको लुलाङ–गुर्जा सडकखण्डअन्तर्गत देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग.१त ७१९६ नम्बरको ट्र्याक्टर सडकदेखि करिब १५० मिटर तल खोचमा खस्दा दुईजनाको मृत्यु भएको हो ।
दुर्घटनामा लुलाङका २१ वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै र १८ वर्षका डेबिन विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बेनी पठाइएको छ ।
स्थानीय र जनप्रतिनिधिले घाइतेको उद्धार गरेका थिए ।