ललितपुरमा गाडी दुर्घटना

ललितपुरको बाग्मती गाउँपालिका–३ माझखोलामा गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

बा २० च ७८७४ नम्बरको गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा सहचालक धनुषा घर भएका ३२ वर्षीय मनोज सुनुवारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका गाडी चालकको सोही अस्पालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *