पोखरामा पहिलो पटक आयोजना हुन लागेको ‘वाडा अटो शो २०२५’ ले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने आयोजकले बताएका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को संयुक्त आयोजनामा चैत १४ देखि १७ सम्म अमरसिंहचौरमा अटो शो आयोजना हुन लागेको हो।
वाडाका उपाध्यक्ष एवं अटो शो संयोजक निरन केसीका अनुसार यो कार्यक्रमले नेपालको अटोमोबाइल बजारलाई प्रवर्द्धन गर्नेछ।
“अटो शोले गाडी खरिदबिक्रीसँगै पर्यटन, होटल व्यवसाय, वित्तीय क्षेत्र, इन्स्योरेन्सलगायतका क्षेत्रमा आर्थिक चहलपहल बढाउनेछ,” केसीले भने।
अटो शोमा विद्युतीय तथा पेट्रोल/डिजेल गाडीका प्रतिष्ठित ब्रान्डहरूले भाग लिनेछन्।
बिवाइडी, हुन्डाई, टाटा, एमजी, किया, टिभिएस, बजाज, रोयल इनफिल्डलगायतका ब्रान्डका सवारीसाधन प्रदर्शन गरिनेछ।