भैरहवास्थित अम्बु मार्केटिङ र बुटवलस्थित सफल मोटर्समा टाटाको बहुप्रतीक्षित गाडीहरू लन्च भएका छन्।
उक्त कार्यक्रममा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती, टाटाका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथै एफएनसीसीआई सिद्धार्थनगरका अध्यक्ष नेत्रप्रसाद आचार्य र एफएनसीसीआई बुटवलका अध्यक्ष हरिप्रसाद अर्याल सहभागी थिए।
सिप्रदीका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सिजापतीले अब ग्राहकहरूले टाटाको प्रिमियम कर्भ ईभीदेखि धेरै यात्रा गर्नको लागि नेक्सन के३ ईभी, बजेटमा एसयूभीको आनन्द लिनको लागि पन्च ईभी र इन्ट्री लेवलमा नेपालमा सर्वाधिक रुचाइएको ह्याचब्याग टियागो ईभी २०२५ मोडल ग्राहकले रोज्न सक्नेछन्।